Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँदरमुढे घटना : १६ वर्ष पूरा हुँदासम्म पनि अझै न्याय नपाएको पीडितको गुनासो


    आइतबार, जेष्ठ २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । जिल्लाको दक्षिण माडी (बाँदरमुढे) मा तत्कालीन नेकपा माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको आज १६ बर्ष पुगेको छ ।

    आजभन्दा १६ वर्षअघि  विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । तर, उक्त यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन भने नसकेको गुनासो गर्दै आएका छन्। 

    तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’अहिले सो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन ।

    अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार