सिरहा । सिरहाको मिर्चैयामा शनिवार बेलुका औषधि ब्यवसायीमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिकामा सिद्धि मेडिकल हल सञ्चालन गर्ने ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३–४ जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका छन् ।
साफीको दाँया खुट्टा र हातमा गोली लागेको प्रहरीले जनाएको छ । गोलीप्रहारबाट घाइते साफीको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ । पसलमा हिसाव गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।