काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटा मन्त्रालयमा आइतबार वा सोमबार मन्त्री नियुक्तिको तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले माधव नेपाल समूहका प्रभावशाली ४ नेतालाई आकर्षक मन्त्रालयको ललीपप देखाएर उनीहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस जारी राखेका छन् ।
ओलीले घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलाई आकर्षक मन्त्रालयको ललीपप देखाउँदैआएका छन् । माधव नेपाल समूहमा रहेका यी चार नेतालाई आफ्नो पक्षमा ल्याउन सकेमा थप केही सांसद पनि आउने विश्वासमा ओली पक्ष छ ।
ओली पक्षले भूसाललाई कृषि तथा पशुपंक्षी मन्त्रालयको प्रलोभन दिएको छ । सुरेन्द्र पाण्डेलाई संचार तथा सूचना प्रविधि मन्त्रीको ललीपप देखाउँदैआएको छ । गोकर्ण बिष्ट र योगेश भट्टराईलाई वन तथा वातावरण र उद्योग मन्त्री दिने प्रस्ताव पुर्याइरहेको छ । माधव नेपाल समूहलाई छाडेर आएमा आगामी महाधिवेशनमा महासचिव बनाउने, चुनावमा उनीहरु र उनीरुले भनेका केहीलाई टिकट दिनेसम्मका आश्वासन पनि ओली समूहले दिंदैआएको छ ।
४ नेतालाई मन्त्री दिएर माधव नेपाल समूहलाई छिन्नभिन्न बनाउने दाउ अन्तर्गत नै शुक्रबार ७ मन्त्रालय खाली राखी १५ मात्रै मन्त्री नियुक्ति गरिएको छ । २ राज्यमन्त्री सहित शुक्रबार १७ सदस्यीय मन्त्रिपरिषद बनाएका ओलीले माधव नेपाल समूहका नेतालाई फकाउने क्रम जारी नै राखेका छन् । तर ओलीले पार्टी एकता भन्दा पनि माधव नेपाल समूहलाई कमजोर बनाउने जालझेल गरिरहेकाले त्यसमा नपर्ने पक्षमा युवानेताहरु अडिग छन् । शनिबारको स्थायी समिति बैठकमा १५ जनै नेताहरु सहभागी हुनुले पनि ओली रणनीति सफल नहुने संकेत गरेको छ । यी चार नेता पार्टी एकताको पक्षमा भएकाले पनि ओली समूहले उनीहरुको बदनाम गर्न मन्त्री हुने हल्ला चलाएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend