Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका चार बाहेक सबै मन्त्री हटाउने, रघुवीर र शेरबहादुर तामाङ नयाँ मन्त्रीमण्डलमा अटाउने


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तर्फबाट वर्तमान मन्त्रिपरिषदमा रहेका ४ बाहेक सबैलाई हटाउने भएका छन् । वर्तमान सरकारका अर्थमन्त्री बिष्णु पौडेललाई उपप्रधानमन्त्रीमा पदोन्नति हुने भएको छ । पौडेलका अलावा एमालेबाट कायम रहने मन्त्रीहरुमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन मन्त्री लिलानाथ श्रेष्ठ छन् ।  

    हटाइने सूचीमा विनाविभागीय उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पदमा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन मन्त्री प्रेम आले, भूमिब्यवस्था मन्त्री शिवमाया तुम्वाहाङ्फे, संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङ, महिला मन्त्री जुलीकुमारी महतो र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी छन् । 

    त्यसैगरी नयाँ बन्ने मन्त्रीहरुमा जसपाका राजेन्द्र महतो उपप्रधानमन्त्री हुनेछन् । उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदैन् । एमालेका रघुवीर महासेठ पनि उपप्रधानमन्त्री हुने चर्चा छ । उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइँदैछ । अहिलेको मन्त्रिपरिषदमा उनकी श्रीमती जुलीकुमारी महतो महिला मन्त्री थिइन् । महासेठका जोईपोईले पालैपालो मन्त्री हुने सौभाग्य पाएका छन् ।  प्रधानमन्त्री ओलीले  रघुवीर  शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् । मन्त्रिपरिषद पुनर्गठनसँगै साँझ ८ बजे सपथग्रहण कार्यक्रम छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार