काठमाडौँ । नागरिकता आदेशविरुद्ध परेका रिट निवेदनहरुको सुनुवाइ बिहीबारसम्मका लागि सरेको छ।
शुक्रबार संवैधानिक इजलासमा त्यससँग सम्बन्धित ६ वटा रिटमाथि सुनुवाइ सुरु भए पनि नसकिएपछि ती रिटहरुलाई ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारसम्मका लागि सरेको हो ।
अध्यादेश कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गर्दै शुक्रबार १२ जनाभन्दा बढी कानुन व्यवसायीहरुले बहस गरेका छन्।
सरकारले यही जेठ ९ गते नागरिकता ऐन संशोधन अध्यादेश ल्याएर जन्म सिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रबन्ध गरेपछि त्यसको खारेजीको माग गर्दै निवेदहरु दर्ता भएका थिए ।
जसपाको माग सम्बोधन गर्न सरकारले उक्त अध्यादेश जारी गरेको थियो । माग सम्बोधन भएपछि जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने तयारीमा छ।
ती रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले शुक्रबार वरिष्ठताका आधारमा इजलास गठन गरेका छन्।