Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा १५ सयले घट्यो सुनको मूल्‍य


    शुक्रबार, जेष्ठ २१ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो।

    अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ  ९२ हजार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।

    बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार