Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन


    शुक्रबार, जेष्ठ २१ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले नयाँ संवैधानिक इजलास गठन गरेका छन् । राणाले शुक्रबार आफूसहित बरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र इश्वर खतिवडालाई राखी संवैधानिक इजलास गठन गरेका छन् ।

     यसअघि राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको बारेमा विवाद भएपछि बरिष्ठताका आधारमा शुक्रबार राणाले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटनका बिरुद्ध परेका ३० वटा रिटमाथि सुनुवाइका लागि यो इजलास गठन गरिएको हो । बरिष्ठताका आधारमा पाँचौं बरियताका न्यायाधीश विश्वम्भर श्रेष्ठ विरामी भएकाले उनको ठाउँमा छैटौं बरियताका इश्वर खतिवडालाई इजलासमा राखिएको छ ।

    यसअघि गठित इजलासमा राखिएका बमकुमार श्रेष्ठले नेकपाको एकता माग्दै नमागेको अवस्थामा खारेज गरेको र केसीले पुनरवलोकनमा निस्सा नदिएकोमा विवाद भएपछि उनीहरुलाई इजलासमा राख्नु नहुने पक्षमा निवेदक पक्षका अधिवक्ताहरुले बहस गरेका थिए । तर बरिष्ठ अधिवक्ताहरुको आग्रहलाई पनि अस्वीकार गर्दै केसी र श्रेष्ठले इजलास छाड्न नमानेपछि बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

    कार्की र भट्टराईले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश राणाले बरिष्ठ न्यायाधीश राखी इजलास गठन गर्न बाध्य हुनुपरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार