Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु, चालक फरार


    शुक्रबार, जेष्ठ २१ २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको कारको ठक्करबाट एक जनाको भारतीय नागरिकको मृत्यु भएको छ । 

    गए राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो। 

    मृत्यु हुनेमा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्मा रहेका छन्। 

    कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका थिए । बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् ।

    यस्तै, सोही कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेकोप्रहरीले बताएको छ। 

    प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएपछि कार चालक रोबिन फरार रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार