Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायती महारानी एलिजावेथ र अमेरिकी राष्ट्रपतिवीच भेट हुँदै


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयवीच भेटवार्ता हुने भएको छ। 

    उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । 

    बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ । 

    अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने भएका हुन्। 

    राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् । विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।

    सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार