Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी, खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जापान। टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । 

    आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भने, ‘कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहेपनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिनेछन् ।’

    ‘मलाई विश्वास छ (समारोह) ले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ,’ हाशिमोतोले भने । ‘हामीसँग अब ५० दिन मात्र बाँकी छ, ‘यतिबेला समुद्र पार गरेर टोकियोमा भेला हुने खेलाडीका चाललाई मैले सुन्न वा देख्न थालेको छु,’ उनले भने ।   

    जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा मे को अन्तिमदेखि कमी आउन थालेको छ । बिहीबार टोकियो नगर क्षेत्रका ५०६ सङ्क्रमितसहित दुई हजार ८०० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार