Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गते आह्वान


    शुक्रबार, जेष्ठ २१ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर। प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन आह्वान गरिएको छ ।

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले यही जेठ २४ गते दिनको २ बजे का लागि बजेट अधिवेशन आह्वान गरेका हुन् ,

    प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरिएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । 

    अधिकारीका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार