Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकप छनोट : चाइनिज ताइपेईमाथि नेपालको उत्कृष्ट जित


    शुक्रबार, जेष्ठ २१ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको छ ।

    बिहीबार राति कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा भएको खेलमा अञ्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए भने खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले  गोल गरे ।

    प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ६५ औं मिनेटमा सुनिल बललाई बिस्थापित गर्दै नवयुगलाई मैदानमा छिराएका थिए।

    यो सँगै समूह बीमा रहेको नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार