Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस काउन्सिलका अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त


    शुक्रबार, जेष्ठ २१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने  निर्णय गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि  अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    कानून व्यवसायीसमेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।

    काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार