Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप ७ जना संक्रमितको मृत्‍यु


    बिहिबार, जेष्ठ २० २०७८
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

    जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् ।

    भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र बढैयाताल गाउँपालिका-३ बर्दियाकै ५५ वर्षीय पुरूषको बुधबार राति ११: ४० बजे मृत्‍यु भएको छ ।

    यस्तै बाँसगढी गाउँपालिका- ६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो २:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

    यस्तै तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा बुधबार राति १०:२० बजे मृत्‍यु भएको छ भने आठबीस नगरपालिका-४ दैलेखकी ३० वर्षीया महिलाको बुधबार राति ११:५५ बजे मृत्‍यु भएको छ ।

    यस्तै कालिमाटी गाउँपालिका-१ सल्‍यानका ३७ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार विहान ८:३० बजे मृत्‍यु भएको छ भने बाफिकोट-४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०:१५ बजे मृत्यु भएको छ ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९६ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका ३०२ जना कोरोना संक्रमतिको उपचारका क्रममा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार