Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेती प्रादेशिक अस्पतालमा कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु


    बिहिबार, जेष्ठ २० २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको अस्पताल स्राेतले जानकारी दिएकाे छ ।

    ‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका उनकाे उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु स्राेतले बताएकाे छ ।

    ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट नेगेटिभ आएकाे थियाे । उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ ।

    कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा. श्रीपाइलीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार