Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा चार सयले बढ्यो सुनको मूल्‍य, ताेलाकाे कति ?


    बिहिबार, जेष्ठ २० २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ ।

    अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

    मंगलबार र बुधबार सुनको मूल्‍य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्‍यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार