काठमाडौँ । सत्ताका लागि राजनीति गरेर आफ्नो स्वार्थ पूरा गर्ने नेपाली राजनीतिको विशेषता जस्तै बनेको छ । सत्ताका लागि पर्दापछाडि राजनीतिका घृणित खेलहरु कुन हदसम्म हुन्छ भन्ने कुराको उदाहरण नेपालमा कति छन् कति । ती मध्ये अहिले चर्चामा रहेको बिषय हो रेशम चौधरीको रिहाई।
कुनै बेला पूर्व र पश्चिम मुख फर्काएर बसेका दुई राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर खेमाबीचको घनिष्ठता अहिले अचम्मसँग झाँगिएको छ । दुई समूहका घोषित बिचार, सिद्धान्त, दर्शन, राजनीति र अडानका आधारमा हेर्दा उनीहरुबीचको मिलन त्यति प्राकृतिक लाग्दैन । जे लागे पनि दुई शक्ति अहिले एक हुने दिशामा छन् । खासगरी ढल्न लागेको ओली सरकार महन्थहरुले थामिदिने र महन्थहरुका माग प्रधानमन्त्रीओलीले पूरा गर्दिने सहमतिका आधारमा दुई पक्षको मिलन भएको देखिन्छ ।
संविधान संशोधन,रेशम चौधरीको रिहाइ र नागरिकता अध्यादेश महन्थहरुको मुख्य माग भनिएको छ । जसमध्ये चौधरीको रिहाइबाहेक अन्य दुई माग पुरा गर्ने प्रक्रियामा सरकार अघि बढिसकेको महन्थ खेमाका नेताहरुले बताइरहेका छन् ।
प्रधानमन्त्री ओलीले नचाहेका कारण सांसद चौधरी छुट्न नसकेको भन्नेहरु पनि छन् । यसै सन्दर्भमा सञ्जाल प्रयोगकर्ताहरुले टीकापुर घटनाबारे एमालेको तत्कालीन धारणा सामाजिक सञ्जालमा ल्याएका छन् ।
५ जेठ २०७४ मा सचिवका हैसियतले अहिलेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जारी गरेको एउटा प्रेस वक्तव्यमा रेशम चौधरीलाई छाड्ने तत्कालीन सरकारको निर्णयप्रति एमालेको आपत्ति रहेको बताइएको छ । त्यतिबेला त्यस्तो कडा विज्ञप्ति निकाल्ने ज्ञवाली अहिले चौधरीलाई छुटाएर महन्थहरुलाई गुण तिर्ने प्रधानमन्त्रीको प्रयासको समर्थक भएको देख्दा अचम्म लाग्छ।

ज्ञवालीले त्यति मात्र भनेका छैनन्, जारी गरेको वक्तव्यमा चौधरी आपराधिक घटनामा संलग्न भएको दाबी गर्दै राजनीतिक आवरणमा उन्मुक्ति नदिन सरकारलाई चेतावनी दिइएको छ । उनले विधिको शासन,सर्वोच्च अदालत र मानव अधिकार आयोगका फैसलाहरुको नजिर देखाउँदै चौधरीलाई छाड्न नमिल्ने दाबी समेत गरेका छन्।
चौधरीलाई थुनामुक्त गरे न्यायको पर्खाइमा बसेका पीडितहरुको आलोघाउमा नुनचुक दलेजस्तै हुने ज्ञवालीको वक्तव्यमा छ । तर, अहिले भने ज्ञवाली समेतको मन्त्रिपरिषदले निर्णय गरी कानुनी प्रक्रिया मिलाउँदै चौधरी थुनामुक्त भए भने पीडितको घाउमा नुनचुक लाग्छ कि मल्हम ? चौधरी छुट्नु पर्छ कि पर्दैन, छुट्न सक्छन् या सक्दैनन्, फरक बहसको विषय हो ।
राजनीतिमा नैतिकताको प्रश्न कमजोर बनेपछि सत्ता स्वार्थका अनेक खेलहरु हावी हुन्छन् । नैतिकताको सीमा कुल्चेर आफ्ना नीति, सिद्धान्त, विचार, राजनीति र अडान विपरित राजनीतिक शक्तिहरुले सत्ताका लागि अनैतिक सौदावाजी गरेपछि राजनीति त दुषित हुन्छ नै, मुलुकले पनि दु:ख पाउँछ ।
यस्तो छ गत जेठ १८ गते सरकारले रेशम चौधरी रिहाइको लागि गरेको सहमति

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend