Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेपाल पक्षको बैठक अवैधानिक हो सहभागी नहुनु : एमाले मुख्यालय


    बिहिबार, जेष्ठ २० २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ। 

    आज एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन निर्देशन दिएका हुन्। 

    ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु।’  विज्ञप्तिमा भनिएको छ।  ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु।’

    नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको नेता निरज आचार्यले बताएका छन्। 

    statement_a9XbqhXYWZ.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार