Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माडीका मेयरमाथि खनियो विप्लवको पार्टी, भूमाफियासँगको साँठगाँठमा कीर्ते हस्ताक्षरको आरोप


    बिहिबार, जेष्ठ २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्लाको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालमाथि भूमाफियासँग सांठगाँठ गरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

    ढकालले कर्मचारीलाई दबाब दिएर कीर्ते हस्ताक्षर गराई  भूमाफिया सँगको मिलेमतोमा रकम लिएको प्रमाण फेला परेको दाबी गर्दै यस्तो आरोप लगाएको हो ।

    बिहीबार जिल्ला ईन्चार्ज रमाले जारी गरेको विज्ञप्तिमा माडी नगरपालिकाभित्र खेतीयोग्य जमिन खण्डिकरण गर्न नदिने नगरसभाबाट भएको निर्णय विपरित मेयरले १३१ कित्ता जमिन खण्डिकरण गर्न र पुरानो मितिमा कर्मचारीलाई हस्ताक्षर गर्न दबाब दिएको दाबी गरिएको छ ।

    साथै मेयर पौडेलले हस्ताक्षर गर्न नमान्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाएको र केही वडाध्यक्षलाई साथ लिएर भूमाफियासँग रकम मागेको प्रमाण फेला परेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

    पार्टीको धारणा सार्वजनिक गर्न जारी गरेको भनिएको उक्त विज्ञप्तिमा सयौँ बिगाहा जमिन खण्डिकरण गर्न मेयर ढकालले कर्मचारीलाई हस्ताक्षर गर्न दिएको दबाब तत्काल रोक्न अनुरोध गरिएको छ । त्यस्तै,दबाब दिंदा नमान्ने कर्मचारीलाई कुनै निकायको बैठक नै नबसी टिपेक्स लगाएर हटाउनेजस्ता कीर्ते हर्कत गरेको आरोप लगाउँदै सो पार्टीले त्यस्ता कार्य तत्काल बन्द गर्न भनेको छ ।

    195387694_480657416576010_6132279908380890310_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार