Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु


    बुधबार, जेष्ठ १९ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर । प्रदेश  नं १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका  विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितकोे उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छन् ।

     मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको  मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

    नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन÷तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई÷दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार