Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगा, गिटी र बालुवा निकासीको घोषणा तराईलाई मरुभूमि बनाउने साजिस होः माधव नेपाल


    बुधबार, जेष्ठ १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । केपी ओली सरकारले अध्यादेशबाट जारी गरेको बजेट भाषणमा भारतलाई खुसी पार्नका लागि नेपालको चुरे विनाश गर्ने गरी ढुंगा, गिटी, बालुवा निकासी गर्न निर्णय गरेपछि चौतर्फी बिरोध भइरहेको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ढुंगा, गिटी, बालुवा निकासी गर्न छुट दिने घोषणा खुलमखुल्ला तराईलाई मरुभूमि बनाउने डिजाइन भएको बताएका छन् ।

    नेता नेपालले सामाजिक संजालमार्फत् ढुंगा, बालुवा र गिटी निकासी गर्न दिने निर्णयले अधाभन्दा बढी जनसंख्या बसोबास गर्ने तराईमा गम्भीर समस्या आउने बताएका छन् ।

    नेता नेपालले लेखेका छन्–सरकारको सरकारले अध्यादेश मार्फत् ल्याएको आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरी  व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।

    बजेटमै– ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा,  गिट्टी,  वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने दिने व्यवस्था मिलाएको छु’ भनी लेखेको छ । यो खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो ।

    आधा भन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ । त्यही चुरे मासेर ढुंगा, गिट्टी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने योजना गम्भीर छ ।

    चुरे क्षेत्रको संरक्षण नगरी तराईको उर्वर भूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेर नै मैले आर्थिक वर्ष २०६६।६७ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ को आरम्भ गरेको हुँ र त्यसपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन हुँदै आएको छ ।

    तसर्थ, चुरेदोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती छ ।  यस्तो देश हित विपरीतको र जनघाती निर्णय तत्काल सच्याउन माग गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार