Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा माधव नेपालविनाको एकताको दिवासपना नदेखे हुन्छः सुदेश पराजुली


    बुधबार, जेष्ठ १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले माधव नेपाललाई कमजोर बनाएर नेकपा एमालेले पूर्णता नपाउने बताएका छन् । उनले माधव नेपालविनाको एकताको दिवासपना कसैले देखेको छ भने त्यो कुरामा दिग्भ्रमित नहुन अपिल गरेका छन् ।

    प्रधानमन्त्री केपी ओलीले माधव नेपालबाहेकका उनलाई साथ दिने नेताहरुलाई एमालेमै राख्ने कुरा सार्वजनिक भएपछि अध्यक्ष पराजुलीले लेखेका छन्–‘माधव नेपाललाई कमजोर बनाएर नेकपा एमालेले पूर्णता पाँउछ भनेर कसैले दिवासपना देखेको छ भने त्यो कुरामा दिग्भ्रमित नहुन हार्दिक अपिल गर्दछु । माधव नेपाललाई कमजोर बनाएर प्रभुको सेवामा लम्पसार पर्दै लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्थालाई समाप्त पर्ने कोसिस हुदैछ यस्तो गलत प्रवृत्तिको डटेर सामाना गरौ ।

    माधव नेपाललाई किन कमजोर बनाउने कोसिस हँुदैछ, राम्रोसँग बुझ्नु जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न माधव नेपाललाई घेराबन्दी गर्ने प्रयत्न हुँदैछ । जुनसुकै मुल्यमा यस्तो गलत हर्कतको सजिलै सामना गरिनेछ ।’ 

    फुटाउ र राज गर नीति अन्तर्गत प्रधानमन्त्री ओलीले माधव नेपालबाहेकका उनको साथमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण बिष्टहरुलाई माधव नेपाललाई छाडेर आउने हो भने आफू २०७५ जेठ २ मै फर्किन तयार रहेको भन्दै फकाउँदैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार