Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको एन्टिजेनिक टेस्टसहितका स्वास्थ्य सामग्री नेपाल आइपुग्यो


    बुधबार, जेष्ठ १९ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  फ्रान्स सरकारले कोभिड १९ रोकथामका लागि नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत्ने नेपाल आइपुगेकाे छ ।

    फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो ।

    त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

    प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार