Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी


    बुधबार, जेष्ठ १९ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

    देवचुली नगरपालिका-२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो।

    प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ।

    जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन्।

    ‘आगो निभाउनका लागि सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र दमकल खटिएका छन्, तर नियन्त्रणमा आउन सकेको छैन,’ गिरीले भने, ‘आसपासका जिल्लाबाट अरू दमकल बोलाउँदैछौं।’

    आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार