Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको एकता बचाउन ओली ‘ब्याक हुन तयार’


    बुधबार, जेष्ठ १९ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएका छन् । ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएका छन् ।

    विश्वस्त स्रोतका अनुसार ओलीले सहमतिका लागि पहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बढेका एमाले सांसदहरुको हस्ताक्षर र सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिने शर्त राखेका छन् । 

    हस्ताक्षर फिर्ता लिएमा २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काउन केही संशोधनसहित अगाडि बढ्न तयार रहेको जवाफ पठाएको बुझिएको छ ।

    नेपाल पक्षले २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काएमा सहमति बन्ने बताउँदै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार