Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य मन्त्रालयद्वारा बिरामीको उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन


    बुधबार, जेष्ठ १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीको समयमा अस्पतालहरुले अत्याधिक शुल्क लिएको जनगुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

    बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको भन्दै मन्त्रालयले आज सूचना जारी गरी सबै अस्पतालहरुलाई निर्देशन दिएको हो ।

    मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिकलगायत सबै अस्पताललाई निर्देशन दिएको छ।

    गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ ।

    hospital.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार