Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ खोप : जेठ २५ बाट ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइने


    बुधबार, जेष्ठ १९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । चीन सरकारले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आगामी जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्ने मन्त्रालयले जनाएको छ। 

    यसअघि पनि चीनले आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप हिजो काठमाडौँ आइपुगेको छ भने एक लाख डोज आज आइपुग्ने बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार