Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डब्लुएचओद्वारा कोरोनाको दोस्रो चिनियाँ खोपलाई स्वीकृति


    बुधबार, जेष्ठ १९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

    डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

    डब्लुएचओले स्वीकृति प्रदान गरेसँगै चिनियाँ खोपहरु सबैलाई खोपको समान पहुँचका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत प्रयोग गर्नका लागि बाटो खुला भएको छ ।

    डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभाक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । डब्लुएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने जनाएको छ । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने छ ।

    सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभाकले पूरा गरेको डब्लुएचओले जनाएको छ । सिनोभाक खोप लगाएका मध्ये आधा लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा शतप्रतिशतलाई संक्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउनले अध्ययनले देखाएको छ ।

    चिनियाँ खोपलाई स्वीकृति प्रदान गरिएसँगै कोभ्याक्स अभियान अन्तर्गत खोपको वितरण सहज हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार