Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • कोरोना बिरुद्धको खोप उपलब्ध गराई दिन स्थानीय जनप्रतिनिधिहरुको माग


    बुधबार, जेष्ठ १९ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोरोना बिरुद्धको खोप छिटो उपलब्ध गराई दिन स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । कोरोना संक्रमण अहिले सहरी क्षेत्रमा  मात्र नभएर गाँउ-गाँउसम्म पुगेको भन्दै स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले यथाशक्य चाँडो खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।

     कोरोना  महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका पदाधिकरीले खोप चाँडो उपलब्ध हुनु पर्ने बताएका हुन्। नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले  आफ्नै स्रोत र प्रयासबाट खोप खरिद गर्न चाहने स्थानीय तहलाई स्वीकृति दिन पनि सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।

    नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जू श्रेष्ठले केही स्थानीय तहले आफ्नो स्रोतबाट खोप खरिद गर्न अनुमति माग गर्र्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिएका छन् । महामारी बढेसँगै खोपको माग बढ्न थालेकाले खोप खरिद गर्न चाहने नगरपालिकालाई स्वीकृति दिन सङ्घले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकबाट अनलाइन आवेदन गर्ने व्यवस्था गरिए पनि ग्रामीण क्षेत्रबाट अनलाइन आवेदन गर्न सम्भव नहुने भएकाले उपलब्ध खोप समानुपातिक रूपमा गाउँ र सहरमा वितरण गर्ने व्यवस्था गर्न पनि अध्यक्ष श्रेष्ठले सरकारलाई आग्रह गरेका छन् । उनले कोरोना रोकथाम नियन्त्रण कार्यमा अहिले स्थानीय तहले गरेका खर्चलाई अनुदानका रूपमा सोधभर्नाका रूपमा उपलब्ध गराउन  पनि सङ्घीय सरकारसँग अनुरोध गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार