Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहरः एकै दिन राष्ट्रले दुई सपुत गुमायो


    मंगलबार, जेष्ठ १८ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीले एकै दिन दुई सपुतको ज्यान लिएको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जल थापा र अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको मंगलबार निधन भएको छ । 
    देशमा ब्याप्त भ्रष्टाचार नियन्त्रणका लागि बैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका थापा कोरोना संक्रमित भएर पहिला ग्रान्डी र पछि मेडिसिटी अस्पतालमा उपचाररत थिए ।

    भेन्टिलेटरमा उपचाररत थापाको जीवन बचाउन विश्वमा रहेका नेपालीले सहयोग गरेका थिए । तर जतिसुकै प्रयास गर्दा पनि आज उनको निधन हुन पुगेको छ । उनलाई बचाउन अमेरिकादेखि विश्वमा रहेका नेपालीले गो फण्ड मार्फत् सहयोग जुटाएका थिए । तर उनलाई बचाउने प्रयास सफल हुन सकेन ।

    त्यसैगरी, आजै बरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमण भएपछि गंगालाल हृदयरोग अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको छ । थापालाई सुरुमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोनाको रिपोर्ट १० दिनअघि नेगेटिभ आए पनि मुटुमा समस्या देखिएकाले भेन्टिलेटरबाट निकालिएको थिएन । अन्ततः मुटुकै समस्याले उनको निधन हुन पुगेको छ ।

    राष्ट्र बैंकका कार्यकारी निर्देशक, अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार, एसियाली विकास बैंकको निर्देशक, नेपाल वायुसेवा निगमका अध्यक्षका रुपमा काम गरिसकेका प्राडा थापा पोखराका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार