Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडाैं उपत्यकामा निषेधाज्ञा खुकुलाे बनाउँदै १० दिन लम्ब्याउने सीडीओकाे तयारी


    मंगलबार, जेष्ठ १८ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ ।  मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । 

    खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । आजको बैठकमा छलफल मात्रै भएको र बुधबार बिहान निर्णय गरिने उनले बताए । 

    कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार