Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि चीन, टर्की र कतारका लागि उडान खुला


    मंगलबार, जेष्ठ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको निर्णयानुसार  आजदेखि लागु हुनेगरी तीन देशका लागि हवाई उडान खुला भएको छ।

    सिमित संख्यामा उडान सञ्चालन गर्ने गरी तीन देशहरु चीन, टर्की र कतारका लागि उडान खुला भएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुला हुने छ।

    उनले यसै साताबाट तीनवटै स्थानमा उडान सुरु गर्नेगरी तयारी अघि बढीरहेको बताए।

    यसअघि बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।

    यो सँगै अब चार वटा देशमा सिमित मात्रामा उडान अवतरण खुला भएको छ।

    यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान गर्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार