Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकारले तराईलाई मरुभूमि बनाउँदै, चुरे र महाभारतका जंगलमा होटल र रिसोर्ट खोल्न दिने


    मंगलबार, जेष्ठ १८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । केपी ओली नेतृत्वको सरकार चुरे विनाश गरी तराई डुबाउने एकसूत्रीय अभियानमा लागेको छ । आर्थिक बर्ष २०७८–०७९ को बजेट भाषणमार्फत् चुरेको विनाश गर्नका लागि ढुंगा, गिटी, बालुवाको निकासी खुल्ला गर्ने घोषणा गरेको सरकारले चुरे तथा महाभारत शृंखलाका संभाव्य स्थानमा होटल, मोटल र रिसोर्ट खोल्न अनुमति दिने भएको छ । अब चुरेका जंगलामा होटल खोल्नका लागि सरकारले जग्गा लिजमा दिने भएको छ । बजेट भाषणको १६७ नम्बर बुँदामा चुरे र महाभारत क्षेत्रका जंगलहरुमा होटल खोल्न अनुमति दिने उल्लेख छ ।

    ओली सरकारले पर्यटन र होटल क्षेत्रका केही ब्यापारीको प्रभावमा परी चुरेको जंगलमा होटल खोल्न अनुमति दिनेगरी बजेटमा ब्यवस्था गरेको छ । जंगली जनावरको सुरक्षामा गम्भिर असर परेको निष्कर्षसहित सर्वोच्च अदालतको २०६९ को आदेशअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सन्चालित टाइगर टप्ससहितका होटलहरु बन्द भए ।

    सरकारले चुरेमा होटल खोल्न जंगल लिजमा दिएर मधेशलाई मरुभूमिकरण गर्न लागेको नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल बताउँछन् । उनले भने–चुरेको मामिलामा कुनै पनि सरकार कहिल्यै संवेदनशील हुन सकेनन् । चुरेको मामिलामा पूर्वराष्ट्रपति रामबरण यादव संवेदनशील थिए । उनले चुरेको संरक्षण र मधेशलाई मरुभूमिकरण हुनबाट बचाउन राष्ट्रपति चुरे संरक्षण विकास समिति गठन गरे । यादवकै प्रयासमा तराईका सांसदहरु, चुरेको संरक्षणमा जुटेका डा. बिजयकुमार सिंह जस्ता विज्ञहरु पनि थिए । जसमा म पनि थिएँ सबैलाई बोलाएर छलफल गरी समिति गठन गरेका थिए ।

    पौडेलले भने–मैले सांसदको रुपमा २०५२ मा संसदमा चुरे संरक्षणका सार्वजनिक महत्वको ध्यानाार्षण प्रस्ताव राखेको थिएँ ।  मेचीदेखि महाकालीसम्म चुरे हरियाली बनाउने छलफल चल्यो । ५५ भन्दा बढी सांसदले भाग लिएका थिए छलफलमा । तत्कालीन वनमन्त्री वीरमणि ढकाल थिए । त्यो ध्यानाकर्षण प्रस्ताव अनुसार सकारात्मक ढंगले चुरेको संरक्षण भएन । त्यसपछि चुरेको विनाश तीव्रतर रुपमा भइरहेको छ । पंचायतकालमा कमल थापा र हेमबहादुर मल्लको चेपुवामा चुरेको विनाश भयो । मल्लले वन विनाश गरेर बसाइएका बस्ती हटाउने काम गरे भने कमल थापाले बस्ती बसाउने काम गरे । मल्लका धेरै अवगुण होलान्, तर चुरे संरक्षणमा उनले वनमन्त्री हुँदा सकारात्मक भूमिका खेलेका थिए । त्यही कुरालाई पूर्वराष्ट्रपति यादवले अनुशरण गरी चुरे संरक्षणका लागि अगाडि बढेका हुन् ।

     मल्लले १० बर्ष पुरानो बस्ती संरक्षण गर्दै नयाँ बस्ती हटाएका थिए । तर अहिले त चुरे दोहनको होड चलेको छ । जताततै  क्रसर चलिरहेका छन् । अब त झन् चुरे दोहन गर्न खुल्ला दिन बजेट भाषणमै ब्यवस्था गरिएको छ । जंगलमा होटल खोल्न जग्गा लिजमा दिनेदेर्खि  ढुंगा, गिटी, बालुवा भारत निकासी गर्न छुट दिएर कमाउधन्दामा सरकार लागेको छ । ओलीले चुरेमा होटल खोली मदिरा पिउने, वातावरण बिध्वंश गर्न पनि तम्सिएका छन् । चुरेको जंगलमा होटल खोल्न अनुमति दिई तराईलाई मरुभूमिकरण गराउने कार्य हुनेछ । चुरेमा होटल किन खोल्नुपर्यो ? होटल त अन्यत्र खोले भइहाल्छ ।

    प्रदेश नम्बर २ का एमाले संसदीय दलका नेता शत्रुघन महतो भन्छन्–‘चुरे तराई मधेशको लाइफलाइन हो । सुरकारले होटल र रिसोर्ट अन्यत्र जग्गा लिजमा दिए हुन्छ । पर्यटन विकासका अन्य क्षेत्र छन् । चुरेमा नै किन होटल खोल्न दिनुपर्यो ? बजेटमा चुरेका जंगलमा होटल खोल्न अनुमति दिने कुरा कुन नियतले आयो ?’

    महतो भन्छन्–चुरे विनाश भयो भने तराईका २२ जिल्ला मरुभूमिकरण हुन्छन् । चुरेमा होटल खोल्ने कुरा गलत छ । यो रोकिनुपर्छ । चुरे संरक्षण गर्न सकिएन भने उब्जाउ जमिन कटानी हुन्छ । 
    महतोले चुरे क्षयीकरण तीब्र रुपमा भइरहेको छ । २२ जिल्ला मरुभूमिकरणमा परिणत हुँदैछन् ।

    संघीय, सरकार, प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा संरक्षण गर्नतिर लाग्नुपर्नेमा मनपरी चुरे र त्यस क्षेत्रमा बग्ने खोलानाला दोहन गर्न ठेक्का दिने गरेका छन् । खोलाको दायाँबायाँ ५ सय मिटरसम्म दोहन गर्न नपाउने भए पनि त्यसविपरीत मेसिन प्रयोग गरी ३० फिट गहिरो खनी ढुंगा र बालुवा निकाल्ने कार्य भइरहेको छ । जनता रोक्न जान्छन्, तर फेरि दोहन भइरहेको छ । अब त झन् बजेटमै सरकारले चुरेमा होटल खोल्ने, ढुंगा, बालुवा र गिटी भारत निकासी खुल्ला गरी तराईलाई मरुभूमिकरण गर्न लागेको छ, महतोले भने ।

    जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले चुरेमा होटल खोल्न अनुमति दिएर सरकार महेन्द्रीय राष्ट्रवादको झल्को दिन लागेको बताए । चुरे विनाश गरी महेन्द्रले जसरी बस्ती बसाए, त्यही सिको गर्दै केपी ओली ढुंगा, बालुवा र गिटी निकासी खुल्ला गरी चुरे दोहनमा लागेको छ । बजेट भाषणमा चुरेमा होटल खोल्न जग्गा लिजमा दिने ब्यवस्था तराईलाई मरुभूमिकरण गर्ने खेल हो । राजा महेन्द्रले जस्तै गणतन्त्रका महेन्द्र ओलीले चुरे विनाश गरेर तराईलाई मरुभूमि बनाउन खोजेका छन् । हाम्रै मधेशका केही साथीहरु पनि यी महेन्द्रीय राष्ट्रवादीका मतियार भएर चुरे विनाश गर्ने ओलीको सारथी बन्नतिर लाग्नु बिडम्बना हो ।

    राष्ट्रपति चुरे विकास समितिका पूर्व सदस्य तथा चुरे संरक्षणमै पीएचडी गरेका डा. विजयकुमार सिंहले भने–पर्या पर्यटनका लागि चुरेमा होटल, मोटल खोल्न दिन खोज्या होला । रारामा जस्तै होटल खोल्नका लागि दिन खोजिएको होला । जंगलमा होटल खोल्दा चुरेको विनाश हुँदैन त भन्ने जिज्ञासामा उनले भने, पर्या पर्यटनको लागि भनिएको छ । चुरे र महाभारतमा तालहरु पनि छन् । तालमा पर्यटकहरु जाने भएकाले होटल खोलेर पर्यटनको विकास गर्न खोेजेको हुनसक्छ, उनले भने । 

    बजेट भाषणको ब्यवस्थाा यस्तो छः

    Screenshot (2).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार