Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक इजलास २३ गतेसम्म स्थगित, अर्को इजलास गठन गर्ने प्रधानन्यायाधीशकाे तयारी


    मंगलबार, जेष्ठ १८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ । 

    इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि उनीहरूले इजलासमा कायम रहने निर्णय गरेपछि अरू दुई न्यायाधीशले इजलास छोड्ने निर्णय गरेसँगै २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको हाे। 

    प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासबाट न्यायाधीश दीपक कार्की र आनन्द मोहन भट्टराईले इजलास छोड्ने निर्णय गरेका हुन् ।

    मंगलबारको इजलासमा आफूहरूको निर्णय सुनाउँदै न्यायाधीश कार्कीले अरू दुई न्यायाधीशको कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहे पनि प्रश्न उठेपछि इजलासमा सँगै बस्न नसकिने बताए। 

    दुई न्यायाधीशले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को इजलास गठन गर्ने भएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार