Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य तोलामा ९४ हजार भन्दा माथि


    मंगलबार, जेष्ठ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो ।

    देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार भने शून्यप्राय रहेको व्यवसायीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार