Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच न्यायाधीशको विवादबारे छलफल हुँदै


    मंगलबार, जेष्ठ १८ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भइरहेको छ ।

    प्रतिनिधि सभा विघटनबारे परेका मुद्दामा सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठेपछि मंगलबार प्रधानन्यायाधीश  राणालाई भेटेर शाक्यले सुझाव दिन लागेका हुन्।

    संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद छ । यद्यपी आज इजलास गठन गर्दा राणाले यी दुबैलाई निरन्तरता दिएका छन् । 

    प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडी हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार