काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी यथावत रुपमा सुनावाइ अगाडि बढाएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न बरिष्ठ अधिवक्ताहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन गरिएको छैन ।
कानुन व्यवसायीहरूले नेकपा विभाजन सम्बन्धि फैसलामा संलग्न न्यायाधीशहरूलाई राख्न नहुने माग राखेका थिए । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान लिएपछि विवाद उत्पन्न भएको थियो । इजलासमा बस्ने वा नबस्ने आफै निर्णय लिन इजलास हेर्दाहेर्दैमा टुंगिएको थियो ।
सर्वोच्च बारका प्रतिनिधिहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेरै इजलास पुनर्गठनको विषयमा सुझाव दिंदैछन् ।