Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरुद्धको मुद्दा निरुपण भन्दा न्यायाधीशहरु बाहिरिने कि नबाहिरिने भन्ने विषय प्राथमिकतामा


    मंगलबार, जेष्ठ १८ २०७८
    4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  संसद विघटनको मुद्दाको सुनुवाई मंगलबार पनि संवैधानिक इजलासमा जारी रहने छ । तर इजलासमा मुद्दाको निरुपणको विषयले नभई संवैधानिक इजलासबाट न्यायाधीशहरु बाहिरिने कि नबाहिरने भन्ने विषयले प्राथमिकता पाउँदै आएको छ । 

    न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने कि नरहने भन्ने टुंगो मंगलबार इजलासबाटै लाग्ने सम्भावना रहेको छ । रिट निवेदक १४६ जना सांसदका वकिलहरुले न्यायाधीश तेजबहादुर केसी र  बमकुमार श्रेष्ठले इजलास छाड्नु पर्ने माग गर्दै आएका छन् ।

    मंगलबार इजलासमा बस्ने न्यायाधीशको टुंगो मात्रै लाग्ने र थप सुनुवाइ नहुने सम्भावना छ । केसी र श्रेष्ठले नछाड्ने भनेर तयार पारेको आदेशमा अरु दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नमानेपछि विषय जटिल भएको छ।

    दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका छन् ।

    शेरबहादुुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसद वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै इजलास छाड्न दबाब दिएका छन् ।

    सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित अनौपचारिक रुपमा बसेको संवैधानिक इजलासको रोष्टरमा रहेका १३ न्यायाधीशहरुको छलफलमा ‘प्रश्न उठेपछि इजलास छाड्नु नै उपयुक्त हुने’ सुझाव अरु न्यायाधीशले दिएका थिए । तर प्रधानन्यायाधीश राणा भने केसी र श्रेष्ठलाई नछोडाउने पक्षमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार