Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषधसहित स्कुटरमा सवार दुई पक्राउ


    मंगलबार, जेष्ठ १८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली। कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

    दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार