Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा बाघको आतंक, आक्रमणमा परी एक महिलाको मृत्यु


    मंगलबार, जेष्ठ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया। जिल्लामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।

    जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

    बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

    पछिल्ला दिनहरुमा बर्दियामा बाघको आतंक निकै फैलिएको पाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार