काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसविरुद्दको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।
तर, पूर्वप्रधानमन्त्री भट्टराईले सरकारको अर्थात् प्रधानमन्त्रीको आलोचना गर्दै राष्ट्रपतिले खोप मागेको प्रति भने आपत्ति जनाएका छन्। यस्तै, हिजो नेकपा एमालेका रावलले पनि राष्ट्रपतिले खोपका लागि भन्दै पत्राचार गर्नु र फोन गर्नु संविधान विपरित भएको टिप्पणी गरेका थिए।
अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा आपत्ति व्यक्त गर्दै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो भन्दै प्रश्न गरेका छन्।
‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने ? खै लाजशरम ?’ उनले ट्वीट गरेका छन्।