Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने


    मंगलबार, जेष्ठ १८ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अर्जेन्टिनाले देशभरि कोरोना भाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजन गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले जानकारी गराएको छ । 

    कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

    महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुभिएको छ । 

    ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा गरिने कोपा अमेरिकाको सञ्चालनलाई अन्यत्र लग्ने प्रयास भइरहेको छ,’दक्षिण अमेरिकी फुटबल महासंघले आफ्नो आधिकारिक ट्वीटर पेजमार्फत् सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘आयोजक अर्जेन्टना पछिहटेपछि महाद्वीपीय प्रतियोगिताको आयोजना गर्न चासो देखाएको अन्य देशहरूबाट प्राप्त भएका प्रस्तावहरूको हामी विश्लेषण गरिरहेका छौं । यस सम्बन्धमा समाचार छिट्टै घोषणा गरिनेछ ।’

    अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ । 

    अर्जेन्टिनामा महामारी नियनत्रण गर्न सरकार विफल भएको भन्दै भएको १० दिनदेखि सरकार विरोधी व्यापक प्रदर्शन भइरहेका समय सरकारले खेल आयोजन गर्न नसक्ने जनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार