Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट


    मंगलबार, जेष्ठ १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ ।

    बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।

    स्रोतका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना महामारीले असर पारेको भन्दै एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्नुपर्ने भन्दै प्रस्ताव पेश गरेका थिए ।

    कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको वताइएको छ। राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

    अब विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार