Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्रन्टलाइनर स्वास्थ्यकर्मीका लागि १ करोडको पुरस्कार घोषणा


    मंगलबार, जेष्ठ १८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।उक्त रकम फाउन्डेसनका सदस्य तथा उद्यमी सुहृद घिमिरेले उपलब्ध गराएको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले बताएका छन् ।

    ‘अग्रपंक्तिका सिपाहीका रूपमा अनवरत लागिपर्ने विभिन्न पेसाकर्मीमध्ये स्वास्थ्यकर्मीहरूको भूमिका नै सबैभन्दा महत्त्वपूर्ण छ । नेपालको विकट हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न चुनौतीपूर्ण भूगोलमा बसेर सीमित स्रोत साधनलाई व्यवस्थापन गर्दै दैनिक आउने चुनौतीका बाबजुद बिरामीको जीवनरक्षाका लागि लागिपर्नु पक्कै सहज छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

    फाउन्डेसनले स्वास्थ्यकर्मीको पेसाभन्दा माथिको मानवताप्रतिको समर्पण भाव देखेर यस फाउन्डेसनका कार्यकारिणी सदस्य कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे र छोरी अदितिले स्वास्थ्यकर्मीहरूलाई हौसला तथा सम्मानस्वरूप बारबरा फाउन्डेसनमार्फत पुरस्कारको राशि प्रदान गर्न लागेको डा. रुइतले जानकारी दिए ।

    सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट पुरस्कृत गर्नुपर्ने व्यक्तित्व छनोटका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको निर्णायक समिति गठन गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । कान्तिपुरबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार