Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४,७६२ जना संक्रमित थपिँदा ६,४९१ डिस्चार्ज, ११४ जनाको मृत्यु


    सोमबार, जेष्ठ १७ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४,७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५५०५  र एन्टिजेन विधिबाट २४२५ जनाको परीक्षण गर्दा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै, आज ६ हजार ४९१ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणक कारण ११४ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ३८६ पुगेको छ ।

    यस्तै, हिजो १०९ जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार