काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४,७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५५०५ र एन्टिजेन विधिबाट २४२५ जनाको परीक्षण गर्दा ८ हजार ४७६२ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणक कारण ११४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ३८६ पुगेको छ ।
यस्तै, हिजो १०९ जनाको मृत्यु भएको थियो।