Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक इजलासका न्यायाधीशहरु कार्की र भट्टराई इजलास छाड्ने मनस्थितिमा


    सोमबार, जेष्ठ १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलासका न्यायाधीशहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेपछि बाँकी रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने मनस्थिति बनाएका छन् । कनिष्ट र विवादमा परेका श्रेष्ठ र केसीले पटक पटक प्रश्न उठे पनि इजलास छाड्न नमानेपछि यसबारेमा छलफल गर्न सर्वोच्च अदालतमा बैठक बस्दै छ ।

    सर्वोच्च स्रोतका अनुसार न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छाड्ने मनस्थिति बनाएको र यसबारे संवैधानिक इजलासको रोस्टरमा रहेका सबै १३ जना नै वरिष्ठतम न्यायाधीशहरुसँग छलफल गरिरहेका छन् । 

    बिहीबारदेखि सुरु भएको संसद विघटनसम्बन्धी मुद्दाको बहस गरिनुपर्ने संवैधानिक इजलास न्यायाधीशद्वय त‍ेजबहादुर केसी र बमकुमार श्रेष्ठको पात्रताको प्रश्नमा अल्झिरहेको छ ।

    विगतका विवादास्पद फैसलाका कारण केसी र श्रेष्ठ संवैधानिक इजलासमा बस्नु शोभनीय नहुने जिकिर बहसकर्ताले उठाइरहे पनि उनीहरुले संवैधानिक इजलास छाड्न अस्वीकार गरेका छन् । बरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठहरुले नेकपा विवादमा माग्दै नमागेको फैसला गरेका श्रेष्ठ र पुनरावलोकनको निवेदन दर्ता गर्न नमिल्ने आदेश दिने केसी नैतिक रुपमा इजलासमा बस्नै नमिल्ने तर्क गरिरहेका छन् । 

    आइतबार प्रधानन्यायाधीश राणाले यसको छलफल गर्ने जिम्मा न्यायाधीशद्वय केसी र श्रेष्ठलाई नै दिए पनि उनीहरुले यसबारे कुनै निर्णय गर्न सकेनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार