Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चीनमा तीन सन्तान जन्माउन छुट


    सोमबार, जेष्ठ १७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेइजिङ, एजेन्सी । चीनमा तीस वर्ष पहिलेदेखि लगाइएको एक सन्तान नीति खुकुलो पार्दै दुई सन्तानसम्म जन्माउने छुट थियो । चीनले अब दुई सन्तान नीतिलाई पनि खुकुलो पारेको छ । अब चिनियाँहरुले तीन सन्तान जन्माउन पाउने भएका छन् । बढ्दो जनसंख्या न्यूनीकरण गर्न चीनले एक सन्तान नीति अपनाएको थियो । जनसंख्या न्यूनीकरण गर्न त्यसले धेरै मद्दत गरेपछि दुई हुँदै अब तीन सन्तान पनि जन्माउन पाउने छुट चिनियाँहरुले पाएका छन् ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइन्दा बाबु आमा मध्ये यदि एकजना तिनका बाबु आमाका एकमात्र सन्तान रहेछन् भने त्यस्ता परिवारलाई एकभन्दा बढी सन्तान जन्माउन अनुमति दिइनेछ । यसै साता बसेको कम्युनिष्ट पार्टीको महत्वपूणर् बैठकले यो निणर्य गरेको बताइएको हो ।

    चीनको जनसंख्याको दिगो र सन्तुलित विकासका निम्ति यस्तो नीति अपनाइएको हो । चीनको जनसंख्या १ अर्ब ४४ करोड ४३ लाख ८८ हजार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार