काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ ।
उक्त खोप मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागले जानकारी दिएकाे छ ।
यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने छ । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने विभागले बताएकाे छ ।