Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप ६ जना संक्रमितको मृत्‍यु


    सोमबार, जेष्ठ १७ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४स्४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

    जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १र१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

    राप्तिसोनारी गाउँपालिका(७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०स्१५ बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका(१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५ बजे मृत्यु भएको छ ।

    यस्तै नारायण नगरपालिका(५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४स्४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ भने मध्‍य नेपाल नगरपालिका(४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५स्५० बजे मृत्यु भएको छ ।

    यस्तै तुल्सीपुर उपमहानगरपालिका(७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५स्१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।

    यस्तै घोडाघोडी नगरपालिका(१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएको छ ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार